Annadana Murugan

ट्रनक्वीलिटीकी हजुरआमा


Tranquility Lodge, Baidam

ट्रनक्वीलिटीकी हजुरआमा
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

‘’आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो l
भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो l
इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो l
खाता हेरी दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो l’’


काल महिमाका यी तीता सत्यहरु हरेक जीवित मान्छेका बस्तीहरुमा ढिलो चाडो भोग्नु पर्ने यथार्थहरु हुन् l जीवनको क्षणभंगुरता मानवीय सत्य हो सबैले एकचोटी भोग्नै पर्ने l मानव शरीर नासवान छ तथापि उसका भावनाहरु, उसका सुकर्महरु, उसले परिवार र समाजलाई गरेका कार्यहरुका मुल्यांकनका आधारमा जसकसैको पनि मृत्युपरन्त गरिने सम्झनाको आयतन निर्धारण हुने गर्दछ l
भावनाका तरेलिहेरू मनभरि तँछाडमछाड गरि रहेका छन् l कहाँबाट सुरु गरु परमादरणीय हजुरआमा श्रीमती फूलमाया पाहारीका ममतामयी यादहरु ? आदरणीय मावालिबुवा हेमराज पाहारिका सम्झनाहरु ?? नेपालको स्विटजरलेन्डका रुपमा चिनिएको पोखरा र तेस्कोपनी मुटू बैदाम लेकसाइड फेवातालको किनारैमा अबस्थित ट्रनक्वीलिटी लज l हो ! बिदेशी पाहुनाहरुकालागि फूलै फूल र हरियाली रमणीयताले भरिएको त्यो स्वर्ग जस्तै लाग्ने माछापुच्छ्रेको छाया टल्कने पाहुना घर हाम्रो परिवारकालागि प्यारो मामा घरका रुपमा सदीयों देखि रहेको छ l ट्रनक्वीलिटी मात्र होइन; पूरै बेसारे टोल मावली गाऊ र सबै पहारीहरु मेरा बुवा र काकाहरुका आदरणीय मावालिहरु हुनु हुन्छ l

मेरी हजुरआमा (बुवाकी माइजु) नामजस्तै सुकोमल फूल हुनुहुन्थ्यो दया र ममताकी खानी हुनुहुन्थ्यो l सधै सफा चिटिक्क रहनु पर्ने मसिनो बोलिकी, दिनहुँ पूजा आजामा, भगवान भक्तिमा आफूलाई लगाई रहने उहाँ साक्षात देवीजस्तै हुनु हुन्थ्यो l हाम्रा बुवा काकाहरुकी उहाँ सम्मान र आदरकी महान पात्र हुनुहुन्थ्यो l हाम्रो समस्त परिवारको साँचो सुभचिन्तक र संरक्षक हुनुहुन्थ्यो l हाम्रो परिवार हजुरबुवाको अल्पायुमै स्वर्गारोहणको दुखद् त्रासदीसंगै पारिवारिक पैराले थिचिएका बेला प्राकृतिक पैराले पनि उठिबास लगाए पछि मावालिका शरणमा पर्नु परेको थियो l केहि बर्ष हाम्रो परिवार चितवन नझरुन्जेल बैदाममा नै बसेको थियो मवालिहरुको न्यानो अभिबावकत्वोमा l चितवन र पोखराको भौगोलिक दूरी ती दुई परिवारकालागि सामान्य रह्यो र त हरेक शूभ कार्यहरुमा एक आपसको उपस्स्थिति अनिबार्य रहिरह्यो l
तेतिखेर म बच्चो र कच्चो थिए जतिखेर बैदामकी हजुरआमा चितवन आउनु भएको थियो l मेरी हजुरआमाले चितवनमा सप्ताह महायज्ञ लगाउनु भएको थियो l त्यस महायज्ञलाई सुसंचालन गर्नु भएको थियो स्व. पण्डित गंगाधर पराजुली (शास्त्री) ले l ती सबै कुरा मेरो बालस्मृतिमा रहेनन; मलाई तेतिखेर संगै आउनुभएकी ठुल्दिदी तुलशी दिदी र महेन्द्र भानदाईको सम्झना आउछ l
म स्कुले ठिटो थिए जुनबेला हेमराज मावालिबुवाले अमेरिकाका बर्णनिय चिठीहरु मेरा सानुबुवा हरिराज पौड्याललाई बालकुमारी स्कुलमा पठाउनु हुन्थ्यो l ती चिठी हेरुको मुक्त कण्ठले गरिएका प्रसंशाले हाम्रो परिवारभित्र एउटा प्रेरणाको काम गर्थ्यो l मेरो किशोरबयमा ती घटनाहरुले एउटा जादुगरीय प्रभाव पारी रह्यो l हेमराज पाहारी, इन्जिनियरहरु श्रीराम पाहारी, रामजी पाहारी, नारायण पाहारी, कृष्णजी पाहारी, भरत पाहारी, अच्युतराज पाहारी, विश्वबन्धु पाहारी, डण्डराज पाहारी, शंकर पाहारीका रोमान्चक देस / विदेशका सफल कथाहेरु हाम्रो परिवार भित्र एउटा नमूना उदाहरणकारुपमा बुवा काकाहरूले सदै मुक्त कण्ठले गाइ रहनु भयो l आफ्ना परिवार भित्रका यस्ता हुनहार उदारहरणीय ब्यक्तिहरुले म जस्ता ससाना भुराहरुलाई पार्ने तीव्र प्रभावको छुट्टै महत्तो हुदो रहेछ l हेमराज पाहारीको अमेरिकी बर्णन , नारायण पाहारीको जर्मन बर्णन, श्रीराम पाहरिका रुसको छात्रवृति तेतिखेर चर्चाका शिखर बिषयहरु थिए l पढेर राम्रो इन्जिनियर बन्नु पर्छ श्रीराम पाहारी जस्तै, रामजी पाहारी जस्तै l हामीलाई सधै बुवा काकाहरूले दिने अर्ति थियो योl परिवार भित्रका यस्ता अनुकरणीय प्रभाव हामीजस्ता किशोरबयकाहरुकालागि अजस्र प्रेरणाका स्रोतहरु थिए l

एस.एल.सि. पास गरेपछि संजोगले म पोखरा पुगे l पोखराको लामाचौरमा बनेको पश्चिमान्चल इन्जिनियरिंग क्याम्पसमा नामांकनको लागि l बि.सं. २०४४ मा पहिलो ब्याचको रुपमा मैले भर्ना पाउन प्रतिक्षा सुचीको लामो पर्खाई बैदाममै बसेर गर्नु परेको थियो l तेहि समय थियो मलाई प्यारी हजुरआमाको सानिध्य प्राप्त गर्ने l हेमराज मावालिबुवा अमेरिकामा, शंकर अंकल र महेन्द्र दाई काठमान्डूमा हुनुहुन्थ्यो अध्ययनका क्रममा l सारा ट्रनकिलीटिको जिम्मा हजुरआमा र ठुल्दिदीले गर्नु हुन्थ्यो l राजु खत्री भाइ सानु फुच्चे थियो हजुरआमालाई सघाउथ्यो l ह्जुरामाका आसिर्बाद्लेनै मेरो नाम निस्कियो इलेक्ट्रीकलमा दोश्रो तेस्रो लिस्टको प्रतिक्षा पछि l म खुसीले दङ्ग थिए त्यसबेला पोखरामा पढ्न पाउने सौभाग्य l हो ! पोखरा बसाइका मेरा तीन साढे तीन बर्षहरु पश्चिमान्चल क्याम्पसको अध्ययन, होस्टेलको बसाइ, प्राय सप्तान्तमा हजुरआमालाई भेट्न बैदामतिर जाने गर्दै बिते l हरेक पटक हजुरआमालाई भेट्न जांदा उहाँले मलाई कहिलै खाली हात फर्काउनु भएन क्याम्पस फर्किदा l लौ बाबु ट्याक्सी चडेर गएस् भन्दै बीस/ पचास/ सय रुपैया हातमा राखी दिनु हुन्थ्यो l

मेरा क्याम्पसका हरेक गतिबिधिका बारेमा चाख मानेर सोध्नुहुन्थ्यो l होस्टेल/ मेश के के खान दिन्छ कस्तो दिन्छ सबै बेली विस्तार हजुरआमा र तुलशी दिदी लाई लाउनु पर्थ्यो l खर्च छकी छैन बाबु ? भन्नुहुन्थ्यो l ‘’ ए शंकर रामुलाई मोटर भाडा दे भन्नुहुन्थ्यो चितवन फर्किदा l’’ हजुरआमाले गरेका ती मायाका उदाहरणहरु आज लिपिबद्ध गर्नु पर्दा मलाई ममताकी खानी उहाको सम्झनामा नतमस्तक बन्न मन लाग्छ l एउटा ठूलो रिक्तताको महसुस हुन्छ l सम्झनामा आखाहरु रसाउछन अनायासै उहालाई सम्जेर l
बैदामबाट क्याम्पस फर्केका दिन मेरो फुर्ती अर्कै हुन्थ्यो l हजुरआमाले ट्याक्सी चड्न दिएको रुपैया लामाचौर सम्मकै तात्कालिक नगर बस चढेर बचाएको रकम खाम सहित आफ्ना साथीभाईहरुलाई देखाऊथे l अनि सबैले भन्ने गर्थे ‘’आज चियाको पैसा रामहरिले तिर्छ यो ट्रनक्वीलिटीकी ह्जुरामाकोमा गएर आको छ l’’ तेसो त धनगडी,बजांग, बाजुरा, देखि रौतहट, धनुषा र झापा सम्मका मेरा सबै साथीहरुका पोखरामा कहाँ पाएर मेरी जस्ती माया गर्ने हजुरआमा हुनु? दशैँ तिहारको महान चाहाडमा समेत प्लेनको टिकट पाईएन भनेर होस्टलमै बस्न बाध्य मेरा दुर्गमतिरका सहपाठीहरु मैले देखेको थिए l
मेरो पढाई सुरु भएकै लगत्तै महेन्द्र बराल भानिज दाई लाई हामीले ट्रनक्वीलिटीबाटै बिदायी गर्यो तात्कालिक सोभियत रुशको सरकारी छात्रवृत्तिमा इन्जिनियर बन्ने सौभाग्यका साथ l माला लगाएर गरेको बिदायीको त्यो क्षण मेरालागि पनि तेस्तै इन्जिनियर बन्न संकल्प गर्नु पर्ने क्षण थियो l समयले आफ्नो बाटो कोर्दै रह्यो क्रमस मेरो पढाई सकियो तीन बर्से इन्जिनियरिंग डिप्लोमाको मैले कुनै तेस्तो चमत्कार देखाउन सकिन पढाईमा नेपालमा बि.इ खुलिसकेको थिएन इलेक्ट्रिकलमा मैले एकपटक सोभियत रूसमा निजि खर्चमा पढ्न जान सकिन्छकी भनेर परिवारभित्र चर्चा चलाए तर सफल भईन सहयोग जुटाउन l सहयोग हैन एक किसिमको अपमान र हीनताबोध सबै सबै सहदै जागिर खान थाले l चितवनकै जनरल फुड इन्डस्ट्रिजको यम यम चाउ चाउ बाट सुरु भएको मेरो नेपालको जागिरे यात्रा उदयपुरको सिमेन्ट उद्योगमा पुगेर टुंगियो l उदयपुरबाट जापान तालिममा जान पाउने सानो सौभाग्यको भरेंग चढेर टोकियो छिरेको मलाई तेसपछी नेपाल बस्नु परेन l यसै प्रसंगमा तालिमका क्रममा मैले ओसाकामा रहनु भएका दाई दिपेन्द्र पहरीलाई भेटेको क्षण परदेशी भूमिमा आफन्त भेट्दा हुने मजा त्यो पनि सन १९९४ तिर

जापानका मेरा ५ बर्षहरुमा मलाई हेमराज मावालिबुवाले दुई पटक चिठी लेख्नु भयो l मैले दुई पटकै उहाका अनुरोधहरुलाई स्विकरेकोमा खुसी लागेको छ l पहिलो चिठी उहालाई दुख दिई रहने बढ्दो रक्तचाप नाप्न डिजिटल रक्तचाप नियन्त्रक यन्त्र पठाइदिने र दोश्रो उहाको चिवा निवासी पुराना जापानी मित्र ....लाई तिरिदिनु पर्ने सानो जापानी पैसाको बारेमा l म कति दंग भए हेमराज मावालिबुवाले मलाई सम्जेर चिठी लेख्नु भएकोमा l मैले उहाको अनुरोध स्वीकारे पनि उहाले मलाई सल्लाह दिनु भएको ओहायो गोजैमास (जापानी भाषामा सुभ प्रभात) भन्ने बुहारी टक्र्याउन सकिन मलाई माफ गर्नुहोला मावालिबुवा दुई दसक बिदेस बसेको मैले मेरा बुवा आमाले रोजिदिनु भएकी सबैलाई नेपाली नमस्कार टक्र्याउने नेपालमै पढेकी आर्किटेक प्रेजालाई नै आफ्नी जीवनसंगिनी रोजे l दुनियाको जहाँ रहेपनि यों मन त नेपाली हो आखिर भोलि पुग्ने अन्तिम ठाउँ एउटै हो हामी सबैको l मेरा विचारहरु आफ्नों रूट कहिलेइ बिर्सीनु हुदैन जहासुकै पुगे पनि भन्ने छ l बिदेस हाम्रो बाध्यता हो देसका नेताहरुको अकर्मण्यताले सिर्जित l विदेश गएपनि धेरै नबसि त्यहाँ सिकेको सीप र ज्ञानलाई नेपाली धर्तीमै लगाउनु पर्छ l आम नेपालीले लाए खाए झैँ स्वदेशमै रमाउने बिचारका साथ अमेरिकाको ग्रिनकार्ड छाडेर फर्किने बहुत थोरै नेपालीमा पर्नु हुने हेमराज पाहारी अन्तत आफ्नै थात थलोमा पटक पटक मोटर साइकल दुर्घटनामा पर्नु भयो र तेहि दुर्घटनाले उहालाई हामीहरुबाट सदाकालागि लिएर गयो l हो ! सन १९९९ मा पहिलो मोटरसाइकल दुर्घटनामा पर्नु हुदा म जापानबाट फर्केको थिए l

हेमराज मावालिबुवा र रीता आन्टी बि.एण्ड. बि. हस्पिटलको छेउमै मेरा दिदी भिनाजुसंगै एउटै घरमा बस्नु हुन्थ्यो आफ्नो भाँचिएको हातको फिजियो थेरापी गराउदै l मैले तेहि बेला हो उहालाई राम्रो संग देख्ने बोल्ने मौका पाएको नत्र हामी जस्ता फुच्चेहरुको पउच पुग्न गार्हो हुन्थ्यो उहासंग सोझो कुरा गर्न l मेरो फिलिपिन्सको बिदायिकोलागि एरपोर्ट सम्मै आएर रीता आन्टी र हेमराज अंकलले दिएको फूलको गुच्छारुपी सुभासिर्वादसंगै म मनिला उडेको थिएँ l बिदेशी ब्यस्ततामा कहिलेकाही मनभरि चाहेर पनि सम्पर्क गर्न सकिदैन l प्यारी हजुरआमा र हेमराज अंकललाई मैले तेसपछी २००३मा भेट्छु बिष्णु दाइ र मेरो आफ्नै बिहेको क्रममा l पोखराको मेरो त्यो फर्काई १९९१ पछिको पहिलो बन्छ l १२ बर्ष भएछ मैले पोखरा नटेकेको l तेस्को ४/५ मैनापछी म पुनः पोखरा जान्छु नबबिबाहित श्रीमती प्रेजाका साथ l तेतिखेर हेमराज मावालिबुवाले बेलुका आफ्नो पुराना यादगारहरुको संग्रह स्लाइड फोटाहरु देखाउनुहुन्छ l हामी दंग परछौ पुराना पुराना फोटोहरु, अमेरिकतिराका यादहरु l त्यो स्लाइड उहाले चितवनमा पनि देखाउनुभएको थियो हाम्रो सम्पूर्ण परिवारलाई त्यो क्षणको रमाइलो पारिवारिक जमघट अब एउटा इतिहास बनेर रहेको छ हामी सबै पौड्याल पाहारी परिवारमा l हेमराज अंकल बिहान कतै हिड्नु भएछ हामीले आन्टी र हजुरआमाले पकाएको मीठो खाना खाईवरी फोटो खिचेर काठमान्डौ तिर लाग्यियो l तेसपछी हामी बेलायत आयेऊ बीचमा नेपालजादा पोखरा जना पाईएन l तेसपछी त बुवा आमा बेलायत घुम्न आएका बखत प्यारी हजुरआमाले हामी सबैलाई छाडेर जानु भएको खबर सुनेर नरमाइलो मानेउ l तेसपछी बुवा आमा पनि नेपाल फर्किन हतार गर्नु भो l चित्त बुजाइयो हजुरआमाले दीर्घ जीवन जिउनु भो ८८ बर्षको l

हेमराज मावालिबुवालाई नभेटेपनि नेपाल गएका बेला उहाले लेख्नु भएको नियात्रा संग्रह ‘’ उत्तरी गोलार्धको एक फन्को ‘’ पढ्ने सुयोग मिल्यो l अमेरिकाका बारेमा बुज्ने युरोपका बारेमा जान्ने मौका पाइयो l सरल भाषामा लेखिएको त्यो बहुमुल्य नियात्रा नै अब हाम्रा आगाडी हेमराज पहारीलाई सम्ज्ने एउतामात्रै अमर अजर किर्ति भएको छ; जसलाई दुनियाका कुनै मोटरसाइकलले धकेलेर समाप्त पार्न सक्ने छैन l ठोक्न र टोक्न सक्ने छैन l तिनै किर्तिका सुबाशनै उहाका साचा सन्तानहरु हुन् कहिलेइ नमर्ने l उहाका अन्य प्रकासित देशको अभिभारा-कविता संग्रह र अपर्कासित कैयेऊ रचनाहरु,संग्रह गरिएका बहुमूल्य स्लाइडहेरु, ऐतिहासिक खोज र अनुसन्धानात्मक बस्तुहरु नेपाली साहित्य भण्डारकालागि बहुमुल्य खजनाकारुप्मा रहिरहनेछन परापुर्बकालसम्म l

Hem Raj Pahari
Hem Raj Pahari

हेमराज पाहारी विद्यार्थी कालदेखिनै एउटा हुनाहार प्रतिवाशाली हुनुहुन्थ्यो l तेसबेलाको जमानामा एस.एल.सि.मा प्रथम श्रेणी ल्याउने उहाका सहपाठीहरु कोहि इन्जिनियर , कोहि ठूलाठूला पदमा पुगेको प्रसंग उहाको किताबबाट मात्र होइन हाम्रो परिवार भित्र सदै चल्ने बिषय हो l आफ्ना मान्छेका बारेमा आफ्नै प्रतिक्रिया अतिसयोक्तिपूर्ण नमानियोस भन्दै म उहा मल्टि पर्पोज हाई स्कुल,पोखरा,टुडिखेलका शिक्षक् हेमराज पहारी हुदाको सम्झना उहाकै हाइस्कुलका भुतपुर्ब बिद्यार्थी महेन्द्र श्रेष्ठ (भाइ सरुभक्त) का विचारहरु सम्प्रेषित गर्न चाहन्छु l महेन्द्र श्रेष्ठ संग मेरो चिनजान दिदी उषा राना मार्फत जापानको गुन्माकेनमा रहेको मायाबाशीमा हुन्छ l उहाले जापानबाट दुइवटा साहित्तिक पत्रिका सगरमाथा र मुलुक बाहिर प्रकाशन गर्नेक्रममा मैले पनि दुइवटा आर्टिकल दिएर मद्धत गरेको थिए उक्त पत्रिकाहरुमा l हो तेतिनै बेला मैले पोखरा फर्किने बेलामा महेन्द्र दाईलाई मेरो एउटा अंकल हेमराज पाहरिलाई रक्तचाप यन्त्र पठाउनु छ मात्र के भनेको थिए अनि सुरु भो हेमराज सरको बर्णन: “ ओहो ! हेमराज सर रामुको अंकल हो l उहाले बिज्ञान पडाउदा हामीलाई अन्तरिक्षमै पुराहुनु हुन्थ्यो lसफा पहिरनमा सदै हसमुख लाग्ने, तेति मीठो बर्णन विज्ञानको हामी जीवनमै बिर्सिदैनौ l उहाका सुन्दर अक्षर, सुन्दर रेखांकन, अनुसाशित बानीबाट बिद्यार्थीहरु थर्कमान हुन्थे l ताल परे उहा बिद्यार्थी माथि नै जाइलाग्नु हुन्थ्यो बिद्रोहको लाठी उचाल्दै l’’

हो महेन्द्र श्रेष्ठले नै मैले पठाएको कोशेली रक्तचाप यन्त्रमा जापान बसाइका अनुभव समेटेर प्रकाशित गरेका सगरमाथा र मुकुक बाहिरका प्रतिहरु सहित उहालाई बुजाउनु भएको थियो l सबै घटना परिघटनाहरु हिजो झैँ लाग्छ तर नियतिका निर्मम थप्पडहरु किन यति छिटै एउटा हुनहार फूलमाथि पर्दछ? अनुत्तरित यी प्रस्नहरु अब उहाका सम्जनाका रुपमा हामी सबै माज एउटा मीठो अतित बनेर रहिसकेको छ l जीवनको लामो समयसम्म एक्लै अविवाहित बस्दै जीवनमा भाइ,बैनीहरु भान्जा,भान्जीहरु बूढी आमा सबैकालागि यथेस्ट कर्तब्यहेरु निभाउनु भएको थियो l बिचारमा बामपंथी झुकाव राख्ने,समाजसेबी, अतिनै कम बोल्ने, अध्ययनशील, अन्तर्मुखी स्वभाबका धनि उहाका विचारहरुलाई, मूल्य र मान्यताहरुलाई हामीले परिवार र समाजमा सजाउन फुलाउन सक्यो भने त्यो नै उहा प्रतिको साचो श्रदान्जली हुने छ l

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
शिक्षा: एम. एस. एम. ई / बि.एस. इलेक्ट्रिकल इंन्जीनियरिंग
जन्म: भरतपुर,१२/१९३, चितवन

गरिमा,मधुपर्क, समकालीन साहित्य, मिर्मिरे, अभिव्यक्ति, तन्नेरी,बिमोचन आदि पत्र पत्रिकाहरुमा दर्जनौ कथा, लेख रचनाहरु प्रकासित इमेल: rhpoudyal@gmail.com

Tuesday 11 January 2011

Source: ट्रनक्वीलिटीकी हजुरआमा

home